आज दुवै सदनकाे बैठक बस्दै

आज दुवै सदनकाे बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज राष्ट्रियसभा र प्रतिनिधीसभा गरी दुवै सदनकाे बैठक बस्दैछ । आजकाे राष्ट्रियसभाबाट विनियोजन विधेयक आज पास हुने सम्भावना छ । 

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि  संशोधन प्रस्ताव दर्ता गर्न सांसदलाई ४८ घण्टाको समय दिइएको थियो । तर, निर्धारित समयमा कुनै पनि सांसदले संशोधन नहालेको संसद् सचिवालयले जनाएको छ ।

विनियोजन विधेयकमाथि दफावार छलफलका लागि राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संशोधन प्रस्ताव नपरेको पृष्ठभूमिमा आजै दफावार छलफल सकेर विनियोजन विधेयक पारित गर्ने तयारी छ ।

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएपछि पुनः प्रतिनिधि सभामा जान्छ । त्यसलाई प्रतिनिधि सभाले स्वीकार सभामुख हुँदै राष्ट्रपति कहाँ पठाउने तयारी छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि कार्यान्वयनमा जान्छ ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाबाट बजेट आश्रित दुई वटा विधेयक पास गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाबाट बजेट आश्रित ‘आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ पारित गर्ने कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसद्मा नाराबाजी नरोक्ने भएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै नाराबाजी जारी राखेकाे हाे । २३ भदौमा सुरु भएको संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । 

Skip This
Skip This
Logo