सशस्त्रका ११ डिआइजीको सरुवा, को कहाँ पुग्यो ?

सशस्त्रका ११ डिआइजीको सरुवा, को कहाँ पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

सरकारले सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार डिआइजीहरूको काज सरुवा भएको हो ।

मन्त्रालयका अनुसार ३ नम्बर बाहिनी मुख्यालय मकवानपुरमा कार्यरत मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । 

यस्तै ९ नम्बर पशुपतिनाथ मुख्यालयमा, काठमाडौंमा कार्यरत राजु अर्याल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् भने चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभागमा सरुवा भएको छ । 

त्यस्तै नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव श्रोत विभागमा सरुवा भएका छन् भने वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्यालय काठमाडौंमा सरुवा भएको छ ।

त्यसैगरी कमल गिरी नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा, किशोर प्रधान नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा,  कुलबहादुर नेम्वाङ नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा भएका हुन् ।

सरुवा भएर डिआइजी गणेशबहादुर ठाडा मगर नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी पुगेका छन् भने दुर्गाप्रसाद भट्टराई नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली पुगेका हुन् । 

त्यस्तै शम्भु सुवेदी नेपाल सरुवा भएर नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा पुगेका छन् ।
 

Skip This
Logo