संवैधानिक इजलाससम्बन्धी विवाद : एमिकस क्यूरीको नाम नआएको भन्दै सुनुवाइ स्थगित

संवैधानिक इजलाससम्बन्धी विवाद : एमिकस क्यूरीको नाम नआएको भन्दै सुनुवाइ स्थगित

केन्द्रबिन्दु
0
Shares

संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने मुद्दाको सुनुवाइ स्थगित भएको छ । 

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले नेपाल बार एशोसियनले आधिकारिक रूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित गरेको हो । 

आजको सुनुवाइमा एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भन्दै सुनुवाइ स्थगित गरिएको हो । 

सर्वोच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाएको छ । तर आधिकारिक रूपमा सर्वोच्चमा नाम नआएको बताइएको छ  ।  

यसअघि अधिवक्ता डा गणेश रेग्मीले सर्वोच्च अदालत, न्याय परिषद् सचिवालय र कानुन व्यवसायी परिषद् समेतलाई विपक्षी बनाएर दर्ता गराएको रिटमाथि गत भदौ १७ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलले रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धी विवादको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ अघि नबढाउन अन्तरिम आदेश दिएका थिए ।

रिटको  टुंगो लागेपछि मात्र संवैधानिक नियुक्तिहरू विरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ ।
 

Skip This
Logo