काठमाडौँ उपत्यकामा तीन जनाको शङ्कास्पद मृत्यु

काठमाडौँ उपत्यकामा तीन जनाको शङ्कास्पद मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी भेटिएका छन्।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन्। पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ।

उता ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन्। उनको टाउँको र घाटीमा धारिलो हतियारको चोट रहेको जनाइएको छ। तीनैवटा घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नियन्त्रित लागूऔषधसहित पक्राउ

यसैबीच काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट ४५९ एम्पुल नाइट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका–७ बस्ने २१ वर्षीय युवराज लाखेलाई आज प्रहरीले पक्राउ गरेको छ। विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ९५५ नम्बरको बस जाँच गर्नै क्रममा प्रहरीले लागूऔषध फेला पारेपछि उनलाई पक्राउ गरेको हो।

Skip This
Skip This
Logo