पाक्यो धान, भित्र्याउन पाएनन् किसान

पाक्यो धान, भित्र्याउन पाएनन् किसान

केन्द्रबिन्दु
0
Shares

असोजको महिना किसानका लागि महत्त्वपूर्ण महिना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धान खेती गरेका छन् । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन । 

“धान पाकेर खेतमै झर्ला जस्तो भइसक्यो, मौसमले अझै साथ दिएको छैन”, उनी भन्छन्, “यसरी वर्षा भइरहने हो भने त धान भित्र्याउन निकै समस्या हुने देखिएको छ । आकाशमा बादल मडारियो भने कतै पाकेको धानबाली नष्ट गर्छ कि भन्ने त्रासले मन पनि त्यसै गरी मडारिन्छ ।”

यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसमको खराबीका कारण पाकेको धान भित्र्याउन समस्या भएको छ । मौसममा सुधार नभएका कारण किसान त्रस्त छन् । जिल्लाका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ । हिउँदे खेती कम हुने भए पनि बर्खे खेती प्रायः सबै किसानले गर्ने गरेका छन् । अहिले दैनिक जसो वर्षा हुने गरेको छ । वर्षासँगको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने हुन थालेको छ ।

Skip This
Skip This
Logo