तेह्रथुम । फेदाप गाउँपालिका-२ नेवाई बस्ने ४९ वर्षीय चन्द्रकुमार लिम्बुलाई १ थान भरुवा बन्दुक र २ थान बन्दुकमा बारुद भर्न प्रयोग हुने फलामको गजसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ओयाकजुङबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा गोठमा लुकाइराखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै दोलखाकाे बैतेश्वर गाउँपालिका-२ योन्जन टोल नजिक जंगलमा लुकाइराखेको अवस्थामा १ नाल भरुवा बन्दुक फेला पारी आइतबार प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गैरीमुदीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।





























प्रतिक्रिया