कोरोना अपडेटः ८९१ जना निको हुँदा १ हजार ४३ संक्रमित थपिए

कोरोना अपडेटः ८९१ जना निको हुँदा १ हजार ४३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७२ हजार २२९ पुगेको छ।

नेपालमा आज १ हजार ४३ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेको छ।

यस्तै, चार हजार ४३ वटा एन्टीजेन परीक्षण गर्दा १९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९९ हजार ६१५ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ६५२ पुगेकाे छ।

आज १२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।

आज १५ हजार ४६५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ५६ हजार ८०३ जनाको पिसिआर परीक्षण गरिएको छ। एन्टीजेन परीक्षण ६ लाख  १ हजार ३०२ पुगेकाे छ।

Skip This
Skip This
Logo