आजदेखि काठमाडौंमा १८ वर्ष माथिकाे उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने

आजदेखि काठमाडौंमा १८ वर्ष माथिकाे उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ।

आज महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो। महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताएको छ।

निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ।

महानगरपालिकाले खोप केन्द्रमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनेको छ। खोपका लागि अनलाइन दर्ता अनिवार्य छ।

Skip This
Skip This
Logo