भारतबाट आउन बाँकी १० लाख डोज खोप नेपाल आइपुग्याे

भारतबाट आउन बाँकी १० लाख डोज खोप नेपाल आइपुग्याे

केन्द्रबिन्दु
0
Shares

गत फागुनमा सरकारले भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप  नेपाल आइपुगेको छ।

सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो। जसमध्ये १० लाख डोज खोप आएको थियो। बाँकी १० लाख डोज खोप भने बल्ल मात्र नेपाल भित्रिएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो।

खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ।

Skip This
Skip This
Logo