डा.राजेन्द्र विमलको नजरमा मिथिलाको दसैँ: अन्धविश्वास हराउँदै, विकृति अपनाइँदै

डा.राजेन्द्र विमलको नजरमा मिथिलाको दसैँ: अन्धविश्वास हराउँदै, विकृति अपनाइँदै

केन्द्रबिन्दु
0
Shares

दशरा (विजयादशमी)पर्व पूरै भारत वर्षमा धुमधामका साथ मनाइन्छ। तर, मिथिला समाजमा भने दसैं भिन्न रूपमा मनाइने चलन छ। हाम्रो समाजमा दूर्गालाई शक्तिको रूपमा लिइन्छ। हिन्दु परम्पराअनुसार दसैँको घटस्थापनाभन्दा केही दिन पूर्वदेखि नै यहाँका शक्तिपीठहरूलाई सरसफाई तथा रंगरोगन गर्ने चलन छ। अहिले त यहाँका युवा, विभिन्न सामाजिक संघ संस्थाहरूले झन दसैंलाई आकर्षक बनाउन मूर्ति निर्माणदेखि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल निर्माण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेका छन्। 

त्यसैगरि, विगत केही वर्षअघिसम्म दसैंमा प्रत्येक घरको मूल द्वारमा वा घरको पर्खालमा दुर्गा देवीकोे आकृति बनाउने चलन छ। कारण मिथिला समाजले दुर्गालाई बेटी(छोरी)को रूपमा लिने गरेको छ।

दुर्गालाई भव्य रूपमा स्वागत गर्ने र विदाइको दिन दुःख व्यक्त गर्ने गरिन्छ। तर, शहरी क्षेत्रमा आकृतिक बनाइए पनि ग्रामिण क्षेत्रमा दुर्गाको आकृति बनाउने चलन अझै कायमै छ। मिथिलामा दुर्गालाई किन बेटीरूपमा मानिन्छ भन्ने हिन्दु पुराणमा एउटा कथा छ। भगवानले रावणलाई बध गरेपछि सीताले भागवान रामलाई प्रश्न गर्छिन्, तपाईंले रावणलाई त मार्नु भयो। तर, पतालमा रहेका राक्षसलाई मार्न सक्नु हुन्छ ? किन सक्दैन र जाउँ पतालपुरीमा भन्दै रामले सीतालाई भनेछन्। त्यसपछि राम, सीता, लक्षणसहितका भागवानको टोली पतालपुरीमा राक्षससँग आन्दोलन गर्छन्। 

आन्दोलनका क्रममा रामले धेरै क्षति व्यहोरे पनि राक्षसलाई जित्न सकिरहेका हुँदैनन्। यहाँसम्मकी राक्षहरूले रामको भाइ लक्ष्मणलाई नै नियन्त्रमा लिई बन्धक बनाउँ छ। यो अवस्था देखेर सीता निकै आक्रोसित भई कालीको रूप धारण गर्छिन्। सीताले कालीको रूप लिएपछि पतालदेखि पुथ्वीसम्म हलिन्न थाल्छन्। महाप्रलय हुन्छ। कालीको आक्रोसलाई शान्त गर्न भागवान शिव स्वयं पतालपुरी पुग्छन्। आक्रोसको आगोले अन्धो जस्तो  भएकी कालीले सुतिरहेका शिवलाई खुट्टा लगाउन पुग्छिन्। त्यसपछि भागवनालाई नै खुट्टा लाग्यो भने आत्तिएर कालिले जिब्राे बाहिर निकाल्छिन्। त्यही भएर कालीको फोटोमा जिब्रो निकालएको देखिन्छ। 

यसरी मिथिलाको छोरी सीताले नै कालीको रूप धारण गरि असत्यमाथि सत्यको विजय भएको भनेर मिथिलावासी गौरव गर्छन्। अन्य स्थानमा दसैंलाई आदीशक्ति, विजशक्ति, परमात्माशक्तिको रूपमा पूजा गरिन्छ। तर, हाम्रो समाजमा परमात्मा शक्तिको साथ साथै भावको रूपमा पनि दुर्गालाई लिने गरिन्छ। 

करिव ६/७ दशकअघि हाम्रो समाजमा दसैँ आएपछि बोक्सीको आतंक आएको भन्ने चलन थियो। दसैँ आएपछि आमाबुबाले आफ्ना छोराछोरीको घाँटीमा कालो कपडमा लसुन, हिङग बाँध्ने गर्थे । बोक्सीको जादुटुनाले वचन यस्तो गरिन्थ्यो। अर्को कुरा मैथिल समाजमा झिझिया खेल्ने परम्परा लामो समयदेखि रहँदै आएको छ। बोक्सीको आतंक नबढोस् भन्ने महिलाहरू झिझिजा खेल्ने गर्छन्। माटोको घैँटा बनाई त्यसमा अनगिन्तीहरू बनाइन्छ। झिझिया खेलिरहेको बेलमा कुनै बोक्सीले तिप्वालहरू गिन्ती गरेमा घैँटो बोक्ने महिलाको मृत्यु हुन्छ भने अन्धविश्वास छ।

झिझियाको बीचमा दियो बाल्न प्रत्येक घरबाट तेल लिइने चलन छ। तेल प्रत्येक घरबाट किन लिइन्छ भने यसको पनि अर्थ छ। असत्य वा अपराधलाई हटाउन तथा लड्न सामूहिक प्रयासले सम्भव छ भन्ने जनचेतनाको विकास झिझियाले सिकाउँछ। त्यसैगरि दसैँको समयमा विभिन्न सडक बाटोमा चक्कर बनाउने गरिन्थ्यो। सिद्धिशक्ति प्राप्तिको लागि चक्कर बनाउने चलन थियो। मोहन, उच्चारण लगायतका मन्त्रहरूको सिद्धिको लागि चक्कर बनाइन्थ्यो।  

दसैँको अवधिभरि बोक्सीहरू स्मसान घाटमा गएर मुर्दाको खप्परमा खीर खाएमा बढी दैव्य शिक्त प्राप्त हुने मान्यता रहँदै आएको छ। बोक्सीहरू समसान घाटमा गएर खिर खाने तथा मरेका बच्चाहरूको शवलाई उखेलेर शवमा तेल लगाउने जस्ता क्रियाकलापले गरेको देखेमा बोक्सीको मृत्यु हुने र बोक्सीले नै पहिला ति व्यक्तिलाई देखेमा त्यस व्यक्तिको मृत्यु हुने अन्धविश्वास  थियो। यि अन्धविश्वासकै कारण मेरो काकाको मृत्यु पनि भयो। काका विशेश्वर कुनै काम विशेषले चक्कर भन्ने गाउँमा गएका थिए। त्यहाँ सडकमा बनाइएको चक्कर नाघेपछि उहाँको मृत्यु भयो। चक्कर प्रतिउहाँको मनको डर त्रास भयले नै उहाँको मृत्यु भएको थियो। कारण चक्कर नाघिँदैमा मृत्यु हुन्छ भन्ने भ्रममात्रै थियो त्यतिवेला। म आफैँ कति पटक त्यस्ता चक्करहरूलाई नाघेको छु। तर, केहि भएन। यि अन्धविश्वासहरू विस्तारै विस्तारै समाप्त हुँदै गइरहेको छ।

एकातिर दैशमा जादुटुनासम्बन्धी भ्रम हट्दै गएको छ भने अर्को तर्फ विभिन्न विकृतिले स्थान पाउँदै गएको देखिन्छ। पहिलापहिला दसैँको बेला दूर्गाको प्रतिमा(मूर्ति) बनाउने चलन थिएन। सीता स्वयं जनकपुरमा विरजमान भएकोले मूर्ति प्रतिमा बनाएर कहीँ दूर्गा पूजा मनाउने चलन थिएन। तर, अहिले नागपञ्चमीमा नागको मूर्तिदेखि विश्वकर्मासम्मका भागवानको मूर्ति चोकचोकमा बनाउने चलन छ । पहिलापहिला आस्थाले ति भागवानहरूको पूर्जाअर्चना गरिन्थ्यो। तर, अहिले पूर्जाअचर्नामा र श्रद्धा भावमा पनि मनोरञ्जन गर्नेको कमि छैन। मूर्तिकै अगाडि नाटक, आरकेस्ट्राजस्ता सांगीतिक कार्यक्रमको आयोजनागर्ने गरेका छन्। भक्ति दर्शनलाई छाडेर विभिन्न भोजपुरी भल्गर गीतहरूमा कम्मर हल्लाउने युवाहरूको संख्या बढ्दै गएको छ। 

मूर्तिको पूजाको परम्परा वेदकालमा पनि थिएन । इन्द्र, वरुण जस्ताको पूजा गरिन्थ्यो। तर, मूर्तिको पूर्जा गर्ने परम्परा थिएन। तर, पनि पछिल्लो समयमा बिनामूर्तिको पूजा गर्नेहरूको संख्या पनि कम हुँदै गएको छ। इस्लामधर्ममा हजरत मोहम्मद आउनुभन्दा पूर्व साउदी अरबहरूमा पनि भूतपरस्तीहरूको पुजा गरिन्थ्यो । तर, उहाँको आगमनपछि विस्तारै मूर्ति पूजा हराउँदै गयो।

श्रीमद्भागवतमा मात्रै मूर्तिको पूर्जाको वर्णन गरिएको छ। श्रीमद्भागवत ढुंगा, दाउमई काठको मूर्ति, फलामको मूर्ति, लिप्या विभिन्न स्थानमा लेपर मूर्ति बनाउनु, लेख्या लेखर मुर्ति बनाउनु, मनोमई मनमनै मूर्ति बनाएर पूजा गर्नु लगायतका मूर्तिको विषयमा चर्चा गरिएको छ। 

अहिले त मूर्तिको विर्सजनका बेलामा पनि विभिन्न किसिमको विवाद हुने गरेको छ । भक्तिभाव गर्नु राम्रो कार्य नै हो। गर्नुपर्छ। कुनै पनि धर्मले गलत क्रियाकलापलाई प्रोत्साहन गर्दैन। यो साकेंत मूमि अर्थात शक्तिको भूमि हो । मानवको उत्पति पनि कुनै शक्ति ऊर्जाले नै भएको छ। अहिलेको ठिक के हो भन्ने, घर घरमा भक्ति भाव हुन थालेको छ। तर, भक्तिभावको नाममा ध्वनि प्रर्दुषण बढेर गएको छ । जलप्रदुषण, वायु प्रदुषण लगायतका थिएन नै पछिल्लो समयमा ध्वनि प्रदुषण पनि थपिएको छ। 

दसैँ फरक फरक कथासँग जोडिएको छ। देवासुर संग्राम अर्थात देवता र राक्षसको संग्राम। जति बेला पृथ्वीकापालक भागवान विष्णु योग्य निद्रामा सुतिरहेका थिए। दुर्गानिद्राको रूपमा विष्णुको आखाँमा बास गरिहरहेको हुन्छ । योग्यनिद्राका कारण विष्णुको कानमा जमेको फोहरबाट दुईवटा राक्षसको जन्म हुन्छ । त्यस्तो मायो संसारको अवस्था के हुन्छ ।

त्यस्तै अर्को कथा छ शुम्भ र निशुम्भ राक्षस दुई दाजुभाइ थिए । उनीहरूले इन्द्रलोकलाई नै कब्जागरि भागवानहरूलाई दुःख दिन थाले। त्यसलाई परस्त गर्न भागावनहरूले आफ्ना आफ्ना शरीरबाट एक एक अंग दिएपछि दुर्गाको जन्म हुन्छ। यसरी असत्यमाथि सत्यको विजयको लागि फरक फरक कथाहरू दसैँसँग जोडिएको छ। 

दसैँ नौ दिनसम्म मनाइन्छ। यसको पनि कारण हो। दुर्गाकै नौ वटा रूपलाई नौ दिनसम्म पूजा गरिन्छ । सीता, सरस्वती, काली, लक्ष्मी यी सबै दुर्गाका रूप हुन्। दसैँमा यी सबै देउताको पूजा गरिन्छ । त्यस्तै, दसैँलाई नवरात्री अर्थात नौ रात र १० दिन सम्म मनाइन्छ। 
दसैँको नौ दिनलाई अर्को रुपमा पनि वर्णन गरिएको छ।  पुरुषको शरीरमा नौवटा द्वार छन् । जस्तै दुई आखा, दुई कान, दुई नाकका प्वाल, एक मुख, एक मुत्रद्वार र एक मलद्वार।

त्यसैगरि, महिलामा १० वटाद्वार हुन्छ। उनीहरूमा वीर्य ग्रहण गर्ने द्वार थप हुन्छ। शरीरका यि द्वारहरूलाई शक्ति सम्पन्न बनाउन पनि दुर्गा पूजा गरिन्छ। तर, यी द्वारहरू अहिले विभिन्न मोह र विषय सुख कामवासनाले व्याप्त छ। आँखाले बढीभन्दा बढी वस्तु हेर्न चाहन्छ । कानले बढीभन्दा बढी गलत सुन्न रुचाउँछ, मुखले बढी भन्दाबढी वस्तुको स्वादलिन चाहन्छ । तर, यी पाँचवटा तनमात्राको आकांक्षा कहिल्यै पूरा गर्न सक्दैन। कारण आँखाले सधैँ एकपछि अर्को नयाँ वस्तु हेर्न चाहन्छ। आँखाको हेर्ने इच्छाको सीमा छैन। त्यस्तै कान पनि यस्तै खोजीमा हुन्छ। 

यी पाँच तनमात्रालाई नियन्त्रण गर्न सकेमा देश समाज र विश्व तथा मानव जातिको नै कल्याण हुन्छ। तर, अहिले हामी यी पाँच तनमात्रालाई नियन्त्रण वा आफ्नो वसमा राख्नुको साट्टो त्यसकै पछि पछि लाग्छौँ। दसैँले अर्थात नवरात्राले हामीलाई थोरै भए पनि यी शक्तिलाई नियन्त्रण गर्न सक्छ। तर, अचेल दसैँको नाममा लाखौँ खसी बोकालाई बलिदिने गरिएको छ। जुन जैविक विविधतामा धेरै ठूलो प्रहार हो। न्युज कारखाना

Skip This
Skip This
Logo