कोरोना अपडेटः ८०४ निको हुँदा ४५५ जना संक्रमित थपिए

कोरोना अपडेटः ८०४ निको हुँदा ४५५ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ।

नेपालमा आज ४५५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ सय रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख ४  हजार २७६ जना र एन्टीजेन परीक्षणबाट ९३ हजार ३१३ जना पुगेको छ। 

आज ८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ।

आज ६ हजार २१४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४३ लाख १० हजार ३२० जनाको पिसिआर र ६ लाख ७२ हजार २ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo