झारफुकको बहानामा जबर्जस्ती करणी गर्ने पक्राउ

झारफुकको बहानामा जबर्जस्ती करणी गर्ने पक्राउ


पाल्पा सदरमुकाम तानसेन बजारमा झारफुक गर्ने बहानामा महिलालाई जबर्जस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन्।

तानसेन नगरपालिका-३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका-१० खैरेनीका ३२ वर्षीय केदार रनपाललाई प्रहरीले पक्राउ गरेको हो।

रनपालले सोमबार राति साढे १० बजे ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबर्जस्ती करणी गरेका थिए। पीडित महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। 

रनपाललाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।न्युज कारखाना

Logo