कोरोना संक्रमितकाे करिब २९ प्रतिशत काठमाडौंमा

कोरोना संक्रमितकाे करिब २९ प्रतिशत काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशभर कोरोना संक्रमणकाे दर बढ्दो क्रममा छ । संक्रमितमध्ये पनि पछिल्ला हप्ताकाे तथ्यांक हेर्दा दैनिकजसाे ५० प्रतिशत संक्रमित काठमाठौं उपत्यकामा थपिन्छ ।

देशभर पुष्टि भएका कुल कोरोना संक्रमितमध्ये २० हजार ६९८ जना काठमाडौं उपत्यकामा मात्र रहेका छन् । कुल संक्रमितकाे २९ प्रतिशत काठमाडौं उपत्यामै छन् ।  हाल कुल संक्रमितकाे संख्या ७१ हजार ८२१ जना छन् । जसमध्ये महिला १९ हजार २७० र पुरुष ५२ हजार ५५१ जना रहेका छन् ।

शनिबारसम्मकाे तथ्यांक अनुसार काठमाडौंमा १६ हजार ८५० जना, ललितपुरमा १ हजार ९९५ र भक्तपुरमा १ हजार ८५३ जना संक्रमित छन् । याे संख्या देशभरकाे संक्रमणदरकाे दाँजाेमा धेरै उच्च हाे ।

त्यस्तै सकृय संक्रमितकाे संख्या पनि बढिरहेकाे तथ्याङ्कले देखाउछ  । हाल सकृय संक्रमितकाे संख्या १८ हजार ३४१ जना छन् । क्वारेन्टाइनमा ६ हजार ३३१ जना, हाेम आइसोलेसनमा १० हजार ५०८ र संस्थागत आइसोलेसनमा ७ हजार ८३३ रहेका छन् ।

हालसम्म देशभरका ५५ परीक्षण प्रयोगशालाबाट ९ लाख ७८ हजार २०४ जनाकाे पिसिआर परीक्षण गर्दा ४६७ जनाकाे मृत्यु भइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Logo