बाढी पहिरोमा मृत्यु हुनेकाे संख्या १११ पुग्याे, ३७ जना अझै बेपत्ता

बाढी पहिरोमा मृत्यु हुनेकाे संख्या १११ पुग्याे, ३७ जना अझै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा आजसम्म १११ जनाको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन्। बाढीपहिरोमा परि प्रदेश १ मा ६५, वाग्मती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ। बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका जनाइएको छ। वेपत्ताको खोजीकार्य जारी छ। बाढीका कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल १८६ वटा पशु चौपाया मरेको जनाइएको छ।

उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन्। बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo