अमेरिकाले अनुदान दिएको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकाले अनुदान दिएको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ। 

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट सोमबार बिहान काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनु पर्नेछ। अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Skip This
Skip This
Logo