बलात्कार गरी गहना लुट्ने पक्राउ

बलात्कार गरी गहना लुट्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

शरीर बन्धक बनाई बलात्कार गरेकाे तथा बलात्कारपछि डाँकाकसुरमा फरार अभियुक्त पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाँउ ठेगाना भएका कैलाश भन्ने २४ वर्षीय रोहन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १५ गते एक महिलालाई घर पुर्‍याई दिने भनी मोटरसाइकलमा लिएर गएका उनले घरतर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ स्थित मान्जे भन्ने ठाउँमा लगेर रोहन समेतका प्रतिवादीहरूले उनलाई बलात्कार गरी लगाएको गहना समेत लुटपाट एवं डाँका गरी फरार भएका थिए ।

अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट रोहनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाएको महाशाखाले जनाएको छ ।

Logo