काठमाडौं उपत्यकामा आज २२७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २२७ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज २२७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा ३३ संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जना गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३६१ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ९ हजार ७२९ र एन्टीजेनबाट ९४ हजार ११८ पुगेको छ। 

नेपालमा हाल १० हजार ३६० जना सक्रिय संक्रमित रहेका छन्। 

Skip This
Skip This
Logo