माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, पाँच जना घाइते


सिराहाको धन गढीमाई नगरपालिका–५ जयपुरमा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

घर लिपपोत गर्नका लागि माटो लिन गएकी प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो । 

उनकी आमासहित पाँच जना भने घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ । 

Logo