महाकालीमा डुंगा दुर्घटना: एक बालिकाको शव फेला, एक बालक बेपत्ता

महाकालीमा डुंगा दुर्घटना: एक बालिकाको शव फेला, एक बालक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

बैतडीको नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

जिल्लाको शिवनाथ गाउँपालिका-१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो। डुंगा पल्टिँदा मृत्यु हुनेमा एक बालिका रहेकी छन्। बेपत्ता हुनेमा बालक रहेका छन् । मृतक र बेपत्ता भएका दुवैको परिचय खुल्न सकेको छैन। 

डुंगामा सवार रहेका अन्य आठ जना भने पौडी खेलेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। साँझ ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए।

उक्त डुंगामा पाँच जना चालक र पाँच जना यात्रु सवार रहेको बताइएको छ। डुंगा नदी पारी पुग्नै लाग्दा दुर्घटना भएको हो। 

भारतमा बस्दै आएका व्यक्तिहरू दशैँ मनाएर फर्किँदै गर्दा डुंगा दुर्घटना भएको हो। बैतडीका एक दर्जन बढी घाटहरूबाट महाकाली नदीमा डुंगाबाट ओहोरदोहोर गरिन्छ।न्युज कारखाना

Skip This
Skip This
Logo