काठमाडौं उपत्यकामा आज २२८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ४९० जना र २ हजार ६०१ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जना गरी ५४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३८६ पुगेको छ।
कूल निको हुनेको संख्या ७ लाख ९० हजार ३५८ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ८९७ र एन्टीजेनबाट ९४ हजार ४२८ पुगेको छ।
नेपालमा हाल १० हजार १५१ जना सक्रिय संक्रमित रहेका छन्।





























प्रतिक्रिया