देउसीभैलो राति १० बजेसम्म मात्र, पटाका पूर्णरूपमा निषेध

देउसीभैलो राति १० बजेसम्म मात्र, पटाका पूर्णरूपमा निषेध

केन्द्रबिन्दु
0
Shares

तिहार नजिकिँदै छ। कोभिड थपिँदो छ। स्वास्थ्य मापदण्डसहित चाडबाड मनाउनुपर्ने नेपालीको बाध्यता छ। 

कास्की प्रशासनले पनि स्वास्थ्य मापदण्ड ख्याल गर्दै चाडबाड मनाउन निर्देशन जारी गरेको छ। कास्कीमा यस वर्ष राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो। पटाका, आतसबाजी, झिरझिरे, भुइँचम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ। यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ।

यस्तै, कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसीभैलो र नाचगान गर्न आग्रह पनि गरेको छ।

फाइल फाेटाे

Skip This
Skip This
Logo