काठमाडौं उपत्यकामा आज २२८ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २२८ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज २२८ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा १६२, भक्तपुरमा १६ र ललितपुरमा ५० जना संक्रमित थपिएका हुन्। 

यस्तै पछिल्लो २४ घण्टामा ४९० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६८ जनको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जना गरी ५३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४१६ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ११ र एन्टीजेनबाट ९४ हजार ६२७ पुगेको छ। 

नेपालमा हाल ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन्। 

Skip This
Skip This
Logo