‘गुन्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरेपछि कैदीबन्दी आन्दोलित

‘गुन्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरेपछि कैदीबन्दी आन्दोलित

केन्द्रबिन्दु
0
Shares

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन्। 

काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी  मंगलबार बिहान गिरीलाई विराटनगर कारागारमा ल्याइएको हो। मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो। 

कारागारभित्रै विभिन्न आपराधिक गतिविधि गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार सारिएको थियो। 

मोरङ कारागारमा रहँदा कैदीबन्दीलाई पीडा दिएको आरोप उनीमाथि छ। कैदीबन्दीहरू गिरीले विगतामा गरेको बदमासीका कारण असुरक्षित महसुस गर्न थालेका छन्।न्युज कारखाना  

Logo