अछाममा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा चार लाखको क्षति

अछाममा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा चार लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

अछामको चौरपाटी गाउँपालिका-६ दुनीस्थित एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ । झुसे साउँदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, नगद र दुई तोला सुन नष्ट भएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिए । आगलागी बिहीबार बिहान भएको हो । 

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद पनि घटना स्थल पुगेका थिए । राहत उपलब्ध गराइने उनले बताए । 

साउँद परिवारलाई जीवन साउँदले खाद्यान्न, भाडाकुडा र त्रिपाल सहयोग गरेका छन् । 

Logo