नाक, कानमा फूली अनि बुलाकी। कुनै बेला कर्णालीका महिला यस्तै गरगहनाले सजिएका हुन्थे। तर, आधुनिकतासँगै परम्परागत गरगहना लाेप हुँदै गएका छन्। अचेल फूली, चक्ली, बुलाकी, मडहरी सायदै देखिन्छन्।
'पहिले बिवाहिता मात्र नभई अबिवाहित युवती पनि गरगहनाले सजिएका हुन्थे। तर अचेल आधुनिकतासँगै परम्परागत गरगहना लगाउन छाडेका छन्,' दैलेखकी जशु थापाले बताइन्। सुनचाँदीकाे भाउ निकै उकालाे लाग्दा पनि परम्परागत गरगहनाकाे प्रयाेग घटेकाे उनकाे अनुभव छ।
कालीकोटकी रामसरा शाही पनि आधुनिक परिवेशका कारण रितिरिवाज लाेप हुँदै गएकाे बताउँछिन्। 'पहिले गाउँघरमा हातमा काँडे चुरा, रानी चुरा, कान र नाकमा सुनका गहना, गलामा मंगलसूत्र र पोतेले भरिभराउ हुन्थे.' दैलेखकी पानसरि बुढा भन्छिन्, 'अहिले फाट्टफुट्ट रुपमा मात्र लगाएकाे देख्छु।'































प्रतिक्रिया