देउसी समूहलाई बसले ठक्कर दियो, दुई जनाको मृत्यु

देउसी समूहलाई बसले ठक्कर दियो, दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्।

घाइतेमध्ये सात जना उपचारपछि घर फर्केका छन्। एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

Skip This
Skip This
Logo