सुरक्षाकर्मीको रोहवरमा लक्ष्मीको मूर्ति विसर्जन

सुरक्षाकर्मीको रोहवरमा लक्ष्मीको मूर्ति विसर्जन

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको मर्चवारमा स्थानीय सरकार र सुरक्षाकर्मीकै रेखदेखमा लक्ष्मी पूजाको मूर्ति विसर्जन भएको छ। मूर्ति विसर्जनको क्रममा पानीमा डुबी तीन जनाको ज्यान गएपछि यसपटक सावधानी अपनाई लक्ष्मी पूजाको मूर्ति विसर्जन गरिएको हो।

तराईमा लक्ष्मी पूजाको अवसरमा अस्थायी मूर्ति नै स्थापना गरी पूजा गर्ने गरिन्छ। शनिबार तिहार सकिएसँगै ती अस्थायी मूर्ति आइतबारसम्म विसर्जन भएका छन्। रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष रोहबरमा सावधानी अपनाएर मूर्ति विसर्जन भएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जानकारी दिए।

घाटमा शनिबार र आइतबार गरी ५५ भन्दाबढी मूर्ति विसर्जन गरिएका छन्। अहिले गाउँपालिका र इलाका प्रहरी कार्यालय मझगावाँको सहयोगमा नदी किनारमा निश्चित दूरी तोकेर मूर्ति विसर्जन गरिएको अध्यक्ष यादवले बताए।

मूर्ति विसर्जनको क्रममा विगत तीन वर्षदेखि तीन जनाको ज्यान गएपछि इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा १८ जनाको टोली र सशस्त्र प्रहरी बल मझगाँवाका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा १० जनाको टोलीसहित स्थानीय सरकारका प्रतिनिधाहरूको निगरानीमा नदी बाहिरैबाट मूर्ति विसर्जन गरिएको छ।

Logo