कोरोना अपडेटः ४८४ जना संक्रमण मुक्त, ५३३ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ४८४ जना संक्रमण मुक्त, ५३३ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको पीसीआर परीक्षण गर्दा ४३३ जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४५४ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १५ हजार ३७२ र एन्टीजेनबाट ९४ हजार ९२६ पुगेको छ। 

नेपालमा हाल ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेका छन्।

Skip This
Skip This
Logo