दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते

केन्द्रबिन्दु
0
Shares

धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए।

दुर्घटनामा घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेका उनले बताए। घाइतेमध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रु सकुशल रहेका छन्।

दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बर यात्रुवाहक बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको उनले जानकारी दिए। 

धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ। सडकबाट तल खसेको बसमा आफैँ आगो लागेको थियो। बस पल्टिने क्रममा तेलको टंयाकी फुटेर आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए। 

बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बारुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ। आगोमा परी अधिकांश यात्रुको समानसमेत जलेर नष्ट भएको छ।

Skip This
Skip This
Logo