काठमाडौं उपत्यकामा आज १७१ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १७१ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १७१ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा १२५, भक्तपुरमा ४ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन्। 

यस्तै पछिल्लो २४ घण्टामा ३८९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४६९ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ४१५ र एन्टीजेनबाट ९५ हजार ३७ पुगेको छ। 

नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन्।

Logo