अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

केन्द्रबिन्दु
0
Shares

अटो दुर्घटना हुँदा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङेसिमल चोकदेखि अगाडि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

शनिबार बिहान बाङगेसिमल चोकदेखि अन्दाजी एक किलोमिटर गिरिघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नम्बरको अटो दुर्घटना भएको हो। 

अटो दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष ४४ की जमरा शाहीको उपचारको क्रममा कर्णाली केयर अस्पताल सुर्खेतमा मृत्यु भई उनको शव कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परेर वीरेन्द्रनगर नगरपालिका बस्ने ५३ वर्षीय लक्ष्मीबहादुर शाहीको नाकमा चोट लागेको अवस्था सामान्य रहेको र २० वर्षीया जगत शाहीको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य घाइते रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, अटो चालक रमेश शाहीलाई प्रहरीले नियन्त्रण लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Skip This
Skip This
Logo