काठमाडौं उपत्यकामा ११३ जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४७७ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ९६६ र एन्टीजेनबाट ९५ हजार ८७ पुगेको छ।
नेपालमा हाल ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन्।





























प्रतिक्रिया