चिसाेकाे अवस्था के हुँदैछ?, थाहा पाउनुहाेस् आजको मौसम

चिसाेकाे अवस्था के हुँदैछ?, थाहा पाउनुहाेस् आजको मौसम

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार बिहान पहाडी भूभागमा आंशिक  बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश  १, वाग्मती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

बुधबार
दिउँसो: प्रदेश  १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। 

राति: देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

बिहीबार
दिउँसो: देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

राति: देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।

शुक्रबार
दिउँसो: सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरूसहित वाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरूसहित वाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य  सतर्कता अपनाउनु हुन अनुरोध छ।

Skip This
Skip This
Logo