राजधानीको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकलमा पछाडि सवार काभ्रे घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल बिहान करिब साढे २ बजे अनियन्त्रित भई पल्टिएको थियो। मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ।































प्रतिक्रिया