पाल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

पाल्पा ।

पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ५ जना बेपत्ता भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षासँगै  आएको पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा पनि कठिनाइ भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले एक सञ्चारगृहसँग भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । म घटनास्थलमा पुग्दै छु ।’

प्रहरी घटनास्थल नपुगेकाे हुँदा थप विवरण आउन बाँकी छ ।

Logo