काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई सोमबार जिम्मा लगाएको छ ।
महाशाखाले पीडित सहायता इकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी चोरी गर्नेलाई धमाधम पक्राउ गर्न थालेको छ ।
मोटरसाइकल जिम्मा लगाउने क्रममा चालकहरुलाई जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले अतिरिक्त लक प्रयोग गर्न, साइरन लगायतका उपकरण जडान गर्न महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले अनुरोध गरेका थिए ।































प्रतिक्रिया