आज काठमाडौं उपत्यकामा १७० जना कोराेना संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा १७० जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यकामा १७० जना कोराेना संक्रमित थपिएका छन्। आज काठमाडौंमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।  

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ६९७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ३८६ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३३२ जना रहेको छ।

आज २५८ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या ८ लाख ६१७ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय ७१ हजार ४८३ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २६९ रहेको छ।

Logo