मदिरा सेवन गरेका छाेराले दाउरा प्रहार गर्दा आमाको मृत्यु

मदिरा सेवन गरेका छाेराले दाउरा प्रहार गर्दा आमाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाल्पामा छोराले आमाको हत्या गरेका छन्। रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। 

छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी दिए।

Skip This
Skip This
Logo