जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।
नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ। दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ।





























प्रतिक्रिया