दुर्लभ वन्यजन्तु सुन गोहोरोसहित दुई जना पक्राउ

दुर्लभ वन्यजन्तु सुन गोहोरोसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महानगरीय प्रहरी वृत्त बौद्धले दुर्लभ वन्यजन्तु सुन गोहोरोसहित दुईजनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानीमा चकलेटको बट्टा भित्र लुकाई राखेको वन्यजन्तुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा ६ घर भई मुलपानी बस्ने वर्ष २१ का विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय सुवास तामाङ रहेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिए ।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि मंगलबार जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको कार्कीले बताए । प्रहरीले बरामद गरेको डेढ इन्च लामो ज्यूँदो उक्त सुन गोहोरो वनले संरक्षित तथा दुर्लभ वन्यजन्तु भित्र पर्ने बताएको छ । वन कार्यालयले थप अनुसन्धान पश्चात कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।रासस

Logo