काेराेना अपडेटः थप ३१५ जनामा सङ्क्रमण, २०१ निको भए

काेराेना अपडेटः थप ३१५ जनामा सङ्क्रमण, २०१ निको भए

केन्द्रबिन्दु
0
Shares

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ४०३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ९४९ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५४६ जना रहेको छ।

आज २०१ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या ८ लाख ३ हजार ३६९ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

६ जनाको मृत्यु 
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले मृत्युदर १.४ प्रतिशत छ। 

त्यसैगरी पछिल्लो समय १ लाख ४१ हजार ५५७ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४५ रहेको छ।

Skip This
Skip This
Logo