बलात्कार आरोपी १२ वर्षपछि पक्राउ 

बलात्कार आरोपी १२ वर्षपछि पक्राउ 

केन्द्रबिन्दु
0
Shares

ईलाम । १२ वर्ष अगाडि सामूहिक बलात्कार गरी फरार रहेका २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

जिल्ला अदालत ईलामबाट दोषी प्रमाणित भई हालसम्म फरार उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा २०६४ सालमा झापा साधुहोली जंगलमा सामुहिक रुपमा बलात्कार गरी फरार रहेका इलाम चुलाचुली गाँउपालिका-३ बस्ने ३० वर्षीय मिलन राई भन्ने अनिश राई र सोही स्थान बस्ने ३१ वर्षीय जित कुमार राई भन्ने निश्चल राई रहेका छन् ।

उनीहरूलाई २०६७ साल फागुन ११ गते अदालतबाट ११ वर्ष १ महिना १५ दिन कैद र जनही २१ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । दुबैलाई जिल्ला अदालत ईलाममा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार कार्यालय ईलाममा पठाइएको प्रहरीले जनाएकाे छ ।

Logo