आज बिवाह पञ्चमी : थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

आज बिवाह पञ्चमी : थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

केन्द्रबिन्दु
0
Shares

आजको पात्रो : २२ मंसिर, बुधबार। ८ डिसेम्बर। मार्गशीर्ष शुक्लपक्ष पञ्चमी तिथि, अर्थात् बिवाह पञ्चमी हो । जनकपुरमा सीता बिवाह पञ्चमी मेला हुने गर्छ। त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र सीताको बिवाह भएको दिन हो। त्यसैको सम्झनामा आजको दिन जनकपुरमा विशेष पर्वका साथ सीता बिवाह पञ्चमी मनाउने गरिन्छ। आजको दिन बिवाहका लागि कुनै साइत हेर्नु पर्दैन। त्यसैले आजको दिन जनमानसमा पनि धेरै बिवाह हुने प्रचलन छ।

श्रवण नक्षत्र, धुव्र योग, चन्द्रमा मकर राशिमा छ। आज सूर्योदय बिहान ६ बजेर ४३ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ७ मिनेटमा हुनेछ। आजको देवता भूमि र ग्रहदेव केतु रहेको छ । बुधबारका दिन गृहस्थीसम्बन्धी काम गर्नु निकै उत्तम मानिन्छ। शुक्लपक्षको पञ्चमी तिथिलाई विशेष दिन पनि मानिन्छ। आजको दिनलाई सबै समय शुभ मानेर शुभकर्म गर्न सकिन्छ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन आकस्मिक अर्थलाभ हुनेछ। दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । नयाँ कामको थालनीसमेत हुनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुन सक्नेछ। त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्‍याउनु हाेला । मनमा अनेक कुरा खेल्नेछन्। आफन्तजनबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ ।  मनमा चिन्ता छाउने छ। अध्ययनअध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईँमा उर्जा प्राप्त हुन्छ। सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ। आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ। आजको दिन मौन रहनु भलो हुनेछ। कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ। त्यसैले घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै बेस हुनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ। यात्राका समस्या हुनसक्छ। मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ। तपाईँले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला। कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ। 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला। कुनै नयाँ काम सुरु गर्न खोज्दा  बाधा आउनसक्छ। आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस्। सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला।  

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछ । त्यसैले तपाईँले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ। सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ। परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन्।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ। त्यसको कारण तपाईँमा चिन्ता उत्पन्न हुनसक्छ। अर्थलाभ हुने काममा ध्यान दिनु होला।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : व्यापारट लाभ हुनेछ। सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ। आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटो खुल्नेछन्। देवालयको दर्शनले तपाईँलाई सकारात्मक सोच आउने छ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईँले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  आजको दिन स्वास्थ्य समस्या हुनसक्छ। मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईँ आफू बसेको स्थान नजिकको मठमन्दिर देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईँको कामको अबमूल्यन गर्न सक्छन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनुपर्ने हुनसक्छ । यात्राका लागि अवसर आउनसक्छ । तपाईँले सोचअनुसारको काम हुनेछ । ब्यापारबाट फाइदा हुनेछ। अध्ययनअध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ। सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ।  

Skip This
Skip This
Logo