लमजुङमा जिप दुर्घटना: तीन जनाको मृत्यु, ६ जना घाइते

लमजुङमा जिप दुर्घटना: तीन जनाको मृत्यु, ६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालीमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेसनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । 

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । 

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन्  ।

Skip This
Skip This
Logo