गुल्मीमा पहिरोमा परि दुई जनाको मृत्यु

गुल्मीमा पहिरोमा परि दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गुल्मी ।

जिल्लाको इस्मा गाउँपालिका–२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका हुन् ।

इस्मा गाउँपालिका–२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए।

सडकमा हिँड्दै गरेको अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै जना पहिरोमा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन् । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।

Logo