ट्र्याक्टर दुर्घटनामा एक बालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा शनिबार बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजना बालकको मृत्यु भएको छ । 

धाइरिङको घाखेतबाट मिलनचोकतर्फ जाँदै गरेको ध१त ४४५ नंको ट्र्याक्टर गुन्द्रिखेतको सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्र्याक्टरमा च्यापिएर धाइरिङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । 

मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परीक्षणका लागि कुश्मा अस्पताल पठाइएको छ । प्रहरी र स्थानीयवासीले ट्र्याक्टरले च्यापिएको शव निकालेका थिए । 

दुर्घटना भएको ट्र्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्र्याक्टर मिलनचोकबाट हराएको थियो । ट्र्याक्टरमा तीनजना सवार थिए । सकुशल दुईजनाले आफूहरुले ट्र्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् । 

Logo