एउटै ढुंगामा ८० फिट उचाईको वुद्धकाे मूर्ति निर्माण गरिने, लागत पाँच कराेड

एउटै ढुंगामा ८० फिट उचाईको वुद्धकाे मूर्ति निर्माण गरिने, लागत पाँच कराेड

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ भोटेनाम्लाङ्गमा एउटै ढुंगामा ८० फिट उचाईको  बुद्वको मूर्ति निर्माण गरिने भएको छ।

पाँचपाेखरी गाउँपालिका, बागमती प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभागकाे ५ करोड लागतमा मूर्ति स्थापना गरिन लागिएको हो। एउटै प्राकृतिक ढुंगामा कलाकारले बुद्धको आकृतिको मूर्ति निर्माण गर्नेछन् ।

ठूलो ढुंगासहित पालिकाभित्र रहेको पाँचपोखरी, हबेली, ड्रागन गुफा, नागिथाम डाँडा लगायत पर्यटकीय स्थलको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन बुद्ध मूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए।

 मूर्ति दुई वर्षसम्म निर्माण गरिनेछ। ढुंगामा मूर्ति कोर्न मात्रै २ करोड लाग्ने आँकलन गरिएकाे लामाले बताए। ८० फिटको मूर्ति वरपर कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा सानासाना मूर्ति रहने छन्। 

मूर्तिको शनिबार एमाले नेता शेरबहादुर तामाङले शिलान्यास गरेका हुन्। 

Logo