काठमाडौं उपत्यकामा आज १४८ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा १०१, भक्तपुरमा १३ र ललितपुरमा ३४ जना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टाभित्र नेपालमा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार ५१० जनाको पिसिआर परीक्षण र
२ हजार ११६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार ६६४ र एन्टिजेन परीक्षणबाट ९६ हजार ९२ रहेकाे छ ।
निकाे हुनेकाे संख्या २६३ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख ९ हजार ९२२ पुगेकाे छ।
संक्रमणबाट २ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५८१ रहेकाे छ।
नेपालमा हाल ५ हजार १६१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ लाख ८२ हजार ६४१ खाेप लगाइएकाे छ।































प्रतिक्रिया