घुन्सा फाउण्डेसनकाे आयोजनामा दमकमा शुक्रबारदेखि मुटुरोग सम्बन्धि निःशुल्क शिविर

घुन्सा फाउण्डेसनकाे आयोजनामा दमकमा शुक्रबारदेखि मुटुरोग सम्बन्धि निःशुल्क शिविर

केन्द्रबिन्दु
0
Shares

झापाको दमकमा शुक्रबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेकाे छ। दमककाे ७ नं. वडा कार्यालय पशुहाटमा हुने शिविरमा मुटु रोग सम्बन्धि समस्या र जनरल चेकअप हुने आयोजक घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताइन्।

फाउण्डेसन, दमक नगरपालिका र विपन्नका लागि स्वास्थ्य नेपालको संयुक्त आयोजनामा शिविर हुन लागेको हो। शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको प्राविधिक सहयोग रहेको शिविर ११ गतेसम्म चल्नेछ।

काठमाडौंका प्रतिष्ठित अस्पतालका चिकित्सकले मुटुको जाँच र परामर्श दिनेछन्। 

Skip This
Skip This
Logo