‘क्रिसमस डे’मा राष्ट्रपतिकाे शुभकामना, आज सार्वजनिक बिदा

‘क्रिसमस डे’मा राष्ट्रपतिकाे शुभकामना, आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वको माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएकी छन्। 

इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने बताएकी हुन्।

क्रिसमस डे जस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदान गर्ने उनले कामना गरेकी छन् ।

इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ। येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ । 

नेपाल सरकारले आज सार्वजनिक बिदाकाे घाेषणा गरेकाे छ। यद्यपि शनिबार नेपालमा सार्वजनिक बिदा हुन्छ।

Skip This
Skip This
Logo